‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना, सामाजिक सञ्जालबाटै सेवा लिन सकिने – Nepal Press

‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना, सामाजिक सञ्जालबाटै सेवा लिन सकिने

काठमाडौं । गृह मन्त्रालयले नागरिकका गुनासो, जिज्ञासा र सुझावलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ ।

मन्त्रालयले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न र कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै सुशासन स्थापनाका लागि ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ सञ्चालनमा ल्याएको हो ।

गुनासोलाई छिटो र सहज रूपमा सम्बोधन गर्न सेवाग्राहीले सम्बन्धित निकायका प्रमुख वा विभागीय प्रमुख, साथै जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीलाई गुनासो दर्ता गराउन सक्ने मन्त्रालयका सहसचिव एवम ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न मन्त्रालयले सम्बद्ध निकायलाई विशेष निर्देशन दिएको छ ।

यदि सम्बन्धित निकायले समयमै गुनासो तथा समाधान गर्न नसकेको अवस्थामा, सेवाग्राहीले ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’मार्फत गुनासो दर्ता गर्न सक्ने प्रवक्ता तिवारीले बताए ।

उनका अनुसार गुनासो दर्ता गर्ने माध्यममा इमेल, ह्वाटएप नम्बर ९८५१३६०६०३० र हुलाकमार्फत लिखित गुनासो पठाउन सकिने व्यवस्था गरेको छ । यो कक्षले गुनासो सम्बोधन प्रक्रियालाई अझै व्यवस्थित बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने र यसले नागरिकको विश्वास अभिवृद्धि गर्दै सुशासन स्थापनामा सकारात्मक प्रभाव पर्ने मन्त्रालयको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *