दुर्गा प्रसाईंबाट ‘परिचालित’ झापाका घ्यू व्यापारी पक्राउ, विष्णोइका नाममा धम्की दिने गरेको खुलासा – Nepal Press

दुर्गा प्रसाईंबाट ‘परिचालित’ झापाका घ्यू व्यापारी पक्राउ, विष्णोइका नाममा धम्की दिने गरेको खुलासा

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग कनेक्सन रहेका झापाका एक युवालाई प्रहरीले सीमानाकाबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हरिचन्द्र फुयाँल नामका व्यक्तिलाई नेपाल-भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार फुयाँलले सीमापारी गएर नेपालका व्यापारीहरूलाई विस्नोइ (भारतको आपराधिक गिरोह) को नाम लिँदै धम्क्याउने र पैसा असुल्ने प्रयास गर्थे । उनी दुर्गा प्रसाईंबाट परिचालित देखिएको बोगटीले बताए ।

‘दुर्गा प्रसाईंको निर्देशनमा काम गर्ने रहेछन् । पारीपट्टि जाने, ग्रुप बनाएर व्यापारीहरूलाई फोनबाट धम्की दिने, पैसा असुल्न खोज्ने गरेको पाइएको छ,’ उनले भने ।

केही व्यापारीहरूले भारतीय नम्बरबाट विस्नोइको नाममा धम्की आएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए ।

फुयाँल घ्यू व्यापारी हुन् । उनी इलामको घ्यू भारतको आसाममा लगेर बेच्ने गर्थे । उनलाई दुर्गा प्रसाईंले परिचालन गर्दै आएको बोगटीले बताए ।

फुयाँललाई आपराधिक लाभमा अनुसन्धानका लागि म्याद थप गर्न लागिएको छ ।


प्रतिक्रिया

2 thoughts on “दुर्गा प्रसाईंबाट ‘परिचालित’ झापाका घ्यू व्यापारी पक्राउ, विष्णोइका नाममा धम्की दिने गरेको खुलासा

  1. दुर्गा प्रसाईं पूरै गुण्डागर्दीमा लागेको देखियो ।पहिले पहिले चरी, घैंटे जस्ताले पनि यस्तै काम गर्थे । दुर्गाले भूईं मान्छे भनेर ऋण लिएकालाई ऋण तिर्नु पर्दैन भनेर पछि लगाए । ।

  2. अनि केपि ओलिलाई गाली गरेको चाहिँ किन भन्ठानेको भारतमा लुक्नको लागि रहेछ । ओलिलाई गालि गर्नेलाई संरक्षण गर्ने भारतको अघोषित नीति नै रहेको देखिन्छ ।अर्को एउटा रौतहटको तस्कर, भूपू माओवादी पनि छ ओलिलाई बातै पिच्छे गाली गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर