यू- १९ एसिया कपः नेपालले श्रीलंकालाई २३३ रनमा रोक्यो
नेपाल प्रेस
२०८१ मंसिर १४ गते १४:२२
काठमाडौं । युएईमा जारी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।
श्रीलंकाका शरुजन शणमुगनाथनले सर्वाधिक ६२ रन जोडे । लकविन अबेसिङ्घेले ५० रनको अर्धसतकीय इनिङ खेले । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । युवराज खत्रीले २, कप्तान हेमन्त धामी र नरेन साउदले एकएक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर