असईले आफैंलाई गोली हाने, छानबिन समिति गठन
नेपाल प्रेस
२०८१ मंसिर १४ गते १५:१५
कैलाली । अछाममा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
तत्काल उनको उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यकारी प्रमुख डिआईजी रवीन्द्र केसीले जानकारी दिए । अहिले चन्दको अवस्थामा खतरा मुक्त रहेको उनले जानकारी दिए ।
अहिले घटनाको छानबिनलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर