न्याय सेवाका दुई सचिवदेखि अधिकृतसम्मका ३७५ जनाको सरुवा, पदस्थापन र नियुक्ति (सूची)
काठमाडौं । न्याय, कानून र सरकारी वकिलतर्फ सचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा, पदस्थापन तथा नियुक्ति भएको छ ।
न्याय सेवा आयोगको शुक्रबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)देखि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)सम्मका कर्मचारीको सरुवा, पदस्थापन तथा नियुक्ति गरेको हो ।
आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठको नेपाल कानून आयोगमा सरुवा गरेको छ भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानाको सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।
यस्तै सहसचिवतर्फ उच्च अदालतमा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका रजिस्ट्रार मानबहादुर कार्कीको सर्वोच्च अदालतको सहसजिस्ट्रारमा, उच्च अदालत तुलसीपुरमा दरबन्दी रही उच्च अदालत पोखरामा काजमा रहेका रजिस्ट्रार खड्गराज अधिकारीको उच्च अदालत पोखराको रजिस्ट्रारमा र उच्च अदालत पोखरामा दरबन्दी रही सर्वोच्च अदालतमा काजमा रहेका अच्युत कुँईकेलको सर्वोच्च अदालतको सहसजिस्ट्रारमा सरुवा गरेको छ ।
यस्तै प्रशासकीय अदालतका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशक, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिस्ट्रार रामप्रसाद भट्टराईको प्रशासकीय अदालतको रजिस्ट्रार, सर्वोच्च अदालतका सहसजिस्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनको रजिस्ट्रार र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलको उच्च अदालत तुलसीपुरको रजिस्ट्रारमा सरुवा भएको छ ।
यस्ताे छ सूची: