सिरहामा मोटरसाइकल दुर्घटना- एक युवकको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर
जनकपुरधाम । सिरहा नगरपालिका- ९ गुलरियामा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका- १ तामासुइयाका ३२ वर्षीय रंजित मुखिया छन् । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय अरबेन्द्र यादव र ३७ वर्षीय रामबाबु साह घाइते भएका छन् ।
मोटरसाइकलको नम्बर खुल्न नसकेको र अबेर राति दुर्घटनामा परेको हो । स्थानीय र प्रहरीले घाइते दुबै जनालाई प्रादेशिक अस्पताल सिरहा पुर्याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल लगिएको छ ।
घाइते दुबै जनाको अबस्था गम्भीर छ । उनीहरुको टाउँकोमा चोट लागेको छ । चोहर्वातीरबाट सिरहा सदरमुकाम पुग्न लाग्दा चार लेन समाप्त भएर सडक साघुँरो भएको ठाउँमा दुर्घटना भएको छ ।