झलनाथ चीन जाँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल शनिबार (आज ) चीन जाँदैछन् ।
अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स-२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल चीन जान लागेको पार्टीको विदेश विभागका सचिव डा. शंकर खतिवडाले बताए । खनाल सात दिनसम्म चीनमा रहने छन् । उनको साथमा सचिव खतिवडा पनि सहभागी छन् ।
आज बेइजिङ पुग्ने खनालले डिसेम्बर १ मा चीनका उच्चस्तरका नेतासँग भेटवार्ता गर्दैछन् ।
चाइना इन्ष्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स-२०२४ सप्पन्न हुन लागेको हो ।