एनपीएलकाे राैनक: यस्ताे छ त्रिवि मैदानकाे माहाेल (तस्बिरहरु)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) केहीबेरमा टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।
एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् । आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । खेल सवा १२ बजेदेखि सुरु हुँदैछ ।
विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिलकुमार शाहले गर्नेछन् । एनपीएलको पहिलो खेल हेर्न दर्शकहरु बिहान ९ बजेदेखि नै टीयु क्रिकेट मैदानमा पुगिसकेका थिए।
५ दिन अघि नै टिकट काटिसकेका दर्शकहरु बिहानैदेखि उत्साही हुँदै मैदानमा प्रवेश गरिसकेका छन् । । यतिबेला त्रिवि मैदानमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको छ । उनीहरुले आफूले सपोर्ट गरेका टिमको व्यानार बोकेर बसिरहेका छन् ।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
खेलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स र युट्युवमा एक्सन स्पोर्ट्सबाट हुनेछ ।