तारकेश्वरमा क्षमताभन्दा बढी यात्रु बाेकेको बसबाट खसेर २ जनाकाे मृत्यु – Nepal Press

तारकेश्वरमा क्षमताभन्दा बढी यात्रु बाेकेको बसबाट खसेर २ जनाकाे मृत्यु

काठमाडौं । काठमाडाैंकाे तारकेश्वरस्थित  शेषमतिमा  बसबाट खसेर दुई जनाकाे मृत्यु भएकाे छ ।

सीट क्षमताभन्दा बढी यात्रु बाेकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए ।

उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर