कांग्रेसलाई झलनाथको कटाक्ष- चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्नेहरु बीआरआईको विरोध गर्दैछन् (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको विषयमा कुनै विवाद गर्नुपर्ने कारण नै नभएको बताएका छन्।
चीन प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीआरआई अहिलेसम्म १५३ मुलुकले सम्झौता गरिसकेको बताए।
उनले अमेरिका र भारतले विरोध गरे बीआरआई गलत हो भन्न नसकेको जिकिर गरे।
उनले भने, ‘उनीहरुको विरोध चीनले कुनै प्रकारको लोन दियो भने, त्यो ऋण पासो हुन्छ भन्ने गरेका छन्। तर, यो देशमा भयो भनेर उदाहरण दिन सकेको छैनन्। त्यस्तो छँदा पनि छैन।’
उनले चीनले दिन लोन सफ्ट लोन नै हुने बताए।
उनले कांग्रेसलाई लक्षित गर्दै भने, ‘हामीले सधै भिख मागेर मात्रै काम गर्नुपर्छ भन्ने छैन। केही साथीहरु चाहिँ अहिले चीनबाट हामीले अनुदान मात्रै लिनुपर्छ भन्ने तर्क गर्दैछन्। तर, तीनै साथीहरु हिजो चीनले अनुदानमा दिएर नेपालमा निर्माण भएको उद्योग धन्दाहरु कौडीको मोलमा बेच्नेहरु तीनै हुन्। जो आज अनुदान मात्रै लिनुपर्छ भन्दैछन्। अनुदान लिएको कुरा चाहिँ बेचेर खाने अनि अरु अनुदान लिन लाज लाग्दैन।’
उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा आग्रह र पूर्वाग्रहबाहिर गएर राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईबारे सम्झौता गर्नुपर्ने बताए।
भारत र अमेरिकाको दलाल बनेर ऋण र अनुदान भनेर बिआरआई खारेज गर्ने तिर लागे । भारतको गुलामी गरेर पेट पालिरहेकाहरूलाई त ठिकै लाग्ला किनकी ती स्वाभिमान बेचेका पशु हुन् तर एक सच्चा नेपालीलाई यो पटक्कै मन परेको छैन । ओलिलाई पनि घचेटदै घचेटदै लगेर बिआरआई खारेज गर्न बाध्य पारे । काँग्रेसले भनेको दस्तावेज चीनले किन मान्ने ? उसले नेपालमा विकास गर्ने भनेको हो चीनमा होईन । नेपालको विकास नभए उसलाई केही नापिदैन ।भारतले त नेपालको विकास चाहेकै छैन । उ त नेपाल खान हिडेको छ ।त्यसैको पछि लागेका टट्टुहरू सरकारमा भएपछि के लाग्छ ? काँग्रेसले जे भनोस, सरकार गए जाओस नेपालले बिआरआई अनुदान र सफ्ट लोनमा बनाउने, कनेक्टिभिटीका परियोजनाहरूलाई प्राथमिकता दिने भनेर सहि गर । त्यसैको कारण सरकार गए जाओस् । नेपालले दीर्घकालीन फाईदा त लिन सक्छ ।अर्थतन्त्र पनि नसुध्रिने, काँग्रेसले हरेक कुरामा भाँजो मात्र हालेपछि किन सरकारमा टाँसिरहने ?
सहि कुरा !! तर नेपालका २ जिब्रे नेताको भर कत्ति गर्ने !! देशको काचुली फेर्न तम्सेकोओली साकारलाई हटाएर देउवालाई सत्ता चडाउनु पर्यो भन्दै घाम ताप्ने मान्छे यहि हो !! के ठिक के बेठिक : देशको लागि भन्दा आफ्नु लागि चिन्ता गर्छन, बोल्छन यी !! के पत्याउनु !! घर खनेर बन पुर्ने : नालायक !!
विकल्प : देशको हितमा सोच्ने र काम गर्ने रास्ट्रीय सक्ति र स्थिर सरकार : अनि ऋण होस् या अनुदाम : केहि फरक पर्दैन किन भने काम हुन्छ : १० गुणा फाइदा लिन सक्छ देसले !! अहिले ऋण लिए त खाएरै सक्छन !!