मतदान केन्द्रमा निर्वाचन चिन्ह, मत संकेत भएको पहिरन र ब्याज लगाए कारबाही गरिने – Nepal Press

मतदान केन्द्रमा निर्वाचन चिन्ह, मत संकेत भएको पहिरन र ब्याज लगाए कारबाही गरिने

काठमाडौं । मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन लगाएको भेटिए कारवाही गरिने भएको छ ।

यस्तै मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आयोगले जनाएको हो ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन दिएको सहसचिव एवम प्रवक्ता निता पोखरेलले जानकारी दिइन् । उनका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पाइने छैन ।

छ । आयोगले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्‍वसनीय र भयरहित वातावरणमा सम्पन्‍न गर्न मतदान हुने दिन राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम कार्य नगर्न र नगराउन निर्देशन दिएको हो ।

आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर