प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस र एमाले नेताहरुबीच बालुवाटारमा छलफल
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयलाई केन्द्रित बनाएर कांग्रेस एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा पेचिलो बनेको बीआरआईको विषयमा सत्तारुढ दलले समान धारणा बनाएका छन्। त्यसका लागि कार्यदल नै बनाइएको थियो ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा सहभागी थिए । कार्यदलले बीआरआई ऋण नभइ अनुदानमा पहल गर्ने समझदारी गरेको छ ।
बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलको तर्फबाट बीआरआईबारे भएको समझदारीको बारेमा जानकारी गराइएको थियो ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव समेत रहेका प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल सहभागी थिए ।
आजै मात्रै प्रधानमन्त्रीको चीन भ्रमणको तयारी सकेर परराष्ट्रमन्त्री आरजु राणा चीनबाट फर्किइन् । उनले चिनियाँ पक्षहरुसँग बीआरआईको विषयमा देशको अवस्थाले गर्दा अहिले ऋण लिन नसक्ने भन्दै अनुदानमा पहल गर्नेबारे कुराकानी गरेको विमानस्थलमा सञ्चारकर्मीहरुलाई बनाइन् ।
ऋण र अनुदानलाई बहसको मुख्य विषय बनाएर चीनलाई भडकाउने र बिआरआईलाई तुहाउने खेलमा नेपालमा रहेका अमेरिकी र भारतीय दलालहरू लागिरहेका छन् । सकेसम्म अनुदान नभए सस्तो व्याजमा लिएर भए पनि चीनतर्फका नाकाहरू खुलाउने, रेलमार्ग अघि बढाउने, प्रशारण लाईन बनाउने, नाकामा बन्दरगाह बनाउने र सडक मजबुत बनाएर चीन र भारत दुवैतर्फबाट व्यापार र आवतजावत गर्न सके मात्र देशलाई फाईदा हुन्छ । दास हुन बानी परेका दलालरूलाई यो कुराको के मतलव ? ओलिले जति कराए पनि भएन ।