मोरङको ग्रामथानमा मतदान सुरु
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । ग्रामथानका सबै केन्द्रहरूमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए ।
ग्रामथानमा १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान शुरू भएको छ । ग्रामगानमा २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा एक स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहेका छन् ।
अध्यक्ष पदका लागि नेकपा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी छन् ।
गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएका कारण आज उपनिर्वाचन भएको हो ।