रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु, दुई जना घाइते – Nepal Press

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु, दुई जना घाइते

रूपन्देही । रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि निर्माण गरिएको पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीका अनुसार झोलुंगे पुलको पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् ।

घटनामा परेर दुई महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *