उपनिर्वाचन अपडेट : हालसम्म करिब ५० प्रतिशत मत खस्यो
काठमाडौं । जारी स्थानीय तहको उपनिर्वाचनमा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार ५० प्रतिशत मत खसेको आयोगका सचिव रबिलाल पन्थले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार कुन स्थानीय तहमा कति मत खस्यो भन्ने विवरण भने आइसकेको छ । उनले स्थानीय तहको भन्दा पनि वडाको मत खसेको विवरण आयोगलाई प्राप्त भएको र उक्त विवरणका आधारमा अहिलेसम्म करिव ५० प्रतिशत मत खसेको पाइएको हो ।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न आठ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा ३४ वटा वडामा वडा अध्यक्षको उपनिर्वाचन भइरहेको छ ।