उपनिर्वाचन: कोशीमा ४६ प्रतिशत मत खस्यो – Nepal Press

उपनिर्वाचन: कोशीमा ४६ प्रतिशत मत खस्यो

विराटनगर । कोशी प्रदेशमा उपनिर्वाचन भइरहेका स्थानमा अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

यस्तै ६ वटा पालिकाका ७ वटा वडामा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उपनिर्वाचन भएका सबै स्थानमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । प्रदेशमा एक मात्रै अध्यक्षका लागि निर्वाचन भइरहको ग्रामथानमा भने अहिलेसम्म ५५ प्रतिसत मत खसेको छ ।

कोशी प्रदेशमा ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३ झापाको कनकाई नगरपालिका ६, तेहृथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ मा उप निर्वाचन भइरहेको छ ।

यस्तै सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ को वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

स्थानीय तह उपनिर्वाचनमा कोशी प्रदेशका २१ वटा मतदानस्थल र ४९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि २ सय ९४ जना कर्मचारी खटाएकी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

उपनिर्वाचनमा २१ हजार ५ सय ८४ जना पुरुष र २१ हजार ४ सय ५७ जना महिला गरी ४३ हजार ११ जना मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख चोलाराज दङ्गालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *