नेपाल ओलम्पिक कमिटीको सदस्यता नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी (भिडिओ) – Nepal Press

नेपाल ओलम्पिक कमिटीको सदस्यता नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी (भिडिओ)

काठमाडाैं ।  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएता पनि सदस्यता नदिएको भन्दै विभिन्न ६ संघले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल घोडचढी संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ, नेपाल बेसबल तथा सफ्ट बल संघ, नेपाल क्लाइबिङ स्पोर्टस संघ र नेपाल आइस हक्की संघले संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानुन अनुसार र राष्ट्रिय खेलकुद परिषद्को नियमानुसार आफ्नो नियमित गतिविधि गर्दै तथा अद्यावधिक निर्वाचन गरेका र अन्तर्राष्ट्रिय महासंघबाट मान्यता पाए पनि कमिटीले सदस्यता नदिएको भन्दै आन्दोल गर्ने चेतावनी दिएका हुन् ।

संघहरुले पटक पटक पूर्ण सदस्य बन्न योग्य रहेकाले सदस्यता दिन पत्राचार गर्दा पनि सदस्यता नदिएको नेपाल क्लाइबिङ स्पोर्टस् संघका अध्यक्ष रमेश पौडेलले बताए ।

सदस्यता नदिनुको कुनै आधार कारण पनि नदिने सदस्यता पनि नदिई स्थापनाको समयदेखि नै अनिर्णयको बन्दी बनाई राखिएको उनले बताए ।

संघहरुले ओलम्पिक कमिटीको आगामी साधारणसभामा सदस्यता दिनका लागि माग गर्दै सदस्यता नपाए थप रणनीतिका साथ अघि बढ्ने चेतावनी दिएका छन् ।

उनीहरुले नेपालको कानून र अन्तराष्ट्रिय ओलम्पिकको अधिनमा रहि नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुद र व्यवस्थीत बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *