सप्तरीको डाक्नेश्वरी १ र ४ मा जसपा नेपालले मार्यो बाजी
जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी ९जसपा० नेपालले बाजी मारेको छ ।
मतगणनाको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भए । ६५२ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५८७ मत पाएकी छन् । नेकपा एमालेकी भगवानी साहले मात्र २ सय ६५ मत पाइन् ।
वडा नम्बर ४ को वडाध्यक्षमा पनि जसपा नेपालकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् । ३७२ मत पाएर यादव निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २७७ र जनमत पार्टीका उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।
यो वडामा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसका हरि प्रसाद राय विजयी भएका थिए ।