अमेरीकाले रुस, चीन र उत्तर कोरियामा आणविक बम हाने कतिको ज्यान जान्छ ? यस्तो आयो तथ्याङ्क !
काठमाडौं । हालसालै अमेरिकी मिडिया न्यूज विकले एक सनसनी समाचार सार्वजनिक गरेको छ । नेपालीले न्यूजविकलाई मदन भण्डारीलाई कार्ल्स मार्क्सको तुलना गरेर अन्तर्वार्ता छाप्ने अखबारको रूपमा धेरै नोट गर्छन् ।
शनिवार सार्वजनिक भएको समाचार अनुसार यदि अमेरिकीले रुस, चीन र उत्तर कोरियाका राजधानीलाई आणविक बम हानेमा के कस्तो क्षति हुन्छ भन्ने जानकारी ल्याएको छ ।
समाचार अनुसार रुसको राजधानी मस्कोमा १३ लाख बढीको ज्यान जाने र ३७ लाख बढी घाइते हुने छन् । चीनको राजधानी बेइजिङमा ज्यान जानेहरू १५ लाख बढी र घाइते हुनेहरूमा ३३ लाख बढी हुने बताइएको छ ।
अमेरिकासँग भएको सर्वाधिक शक्तिशाली आणविक बम बी ८३ प्रहार गर्दा १३ लाख बढीको ज्यान जाने र ११ लाख बढी घाइते हुने बताइएको छ ।
आणविक बम प्रविधिका इतिहासकार तथा प्राध्यापक एलेक्स वेलरस्टीनको लेखाजोखा अनुसार न्यूजविकले यो तथ्याङ्क सार्वजनिक गरेको उल्लेख गरेको छ । यो ज्यान जाने र घाइतेको तथ्याङ्क २४ घण्टाको मात्र हो ।
अमेरिकाले प्रहार गर्ने आणविक बमको लेखाजोखा गरिए पनि सबैभन्दा धेरै आणविक हतियार भएको देश रुस तथा अरु दुई आणविक देश चीन र उत्तर कोरियाले प्रहार गर्दा अमेरिकालाई कति क्षति हुन्छ भन्ने चाहिँ समाचारमा उल्लेख गरिएको छैन ।
रुसले युक्रेनमा युद्ध चर्किएमा आणविक बम प्रहार गर्न सक्ने चर्चा र अमेरिकाले सोभियत कालमा युक्रेनबाट लगेका आणविक बम दिने चर्चाका बिच यो समाचार आएको हो । समाचारहरू अनुसार उत्तर कोरियाका १० हजार सेना रुस आइसकेका छन् ।