एनपीएल : संकटमा काठमाडौं, ६३ रन जोड्दा गुमायो ५ विकेट – Nepal Press

एनपीएल : संकटमा काठमाडौं, ६३ रन जोड्दा गुमायो ५ विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १२ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ६८ रन बनाएको छ ।

माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १ र शंकर राना ११ रन जोडेर आउट भए । रसिद खान ३ र सुमित महर्जन १३ रन बनाएर खेलिरहेका छन् ।

बलिङमा चितवनका सोहेल तनवीरले ३, कप्तान कुशल मल्ल र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *