उपनिर्वाचनका ३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
काठमाडौं । स्थानीय तहका विभिन्न ४२ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ ।
राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ ।
त्यस्तै एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थपेर ५ वडाध्यक्ष जित्दा माओवादीले पनि एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ । माओवादीले जितेका ७ वडाध्यक्ष रिक्त भएका थिए भने एमालेले जितेका ६ वडाध्यक्ष रिक्त भएका थिए ।
यीबाहेक जसपा नेपालले २ वडाध्यक्ष जितेको छ भने नेकपा एस,रास्वपा र नेपाल मजदूर किसान पार्टीले एक एक वडाध्यक्ष जितेका छन् । एक वडाध्यक्ष स्वतन्त्रले जितेका छन् ।
किर्तिपुर नगरपालिकाको मेयर,गौरीशंकर गाउँपालिका उपाध्यक्ष,बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ ।
कांग्रेसले जितेका वडा
वडाध्यक्ष १६
लालिगुरास ८ तेह्रथुमः नगेन्द्र लिम्बु कांग्रेस
गढी ६ सुनसरी, तेतर साहु (यसअघि एमाले जितेको)
ईशनाथ नपा ७, शेख अब्दुल खलिक (यसअघि एमाले जितेको)
राजपुर ६ रौतहट, समसे आलम
कीर्तिपुर १ काठमाडौं,इच्छा महर्जन
कीर्तिपुर ४ काठमाडौं, राजेन्द्र बानियाँ (यसअघि स्वतन्त्र जितेको)
हटौंडा १२ मकवानपुर, अर्जुन प्रसाद तिवारी (यसअघि माओवादी जितेको)
मुसिकोट १ गुल्मी ,आनन्द श्रेष्ठ
रुन्टीगढी ४ रोल्पा, भुपमणी पुन मगर
ठाकुराबाबा ४ बर्दिया,अमिन थारु
सानीभेरी ५ रुकुम पश्चिम,मोतिराम खत्री (यसअघि माओवादी जितेको
कुशे ७ जाजरकोट खम्बवहादुर सिंह (यसअघि माओवादी जितेको)
सुर्मा ४ बझाङ, धिरेन्द्र पुजारा (यसअघि एमाले जितेको)
पुर्वी चौकी ६ डोटी,मोहन थापा
दुहुँ ५ दार्चुला,धनसिंह कुँवर (यसअघि माओवादी जितेको)
भीमदत्त ६ कन्चनपुर,प्रकाश चन्द
एमालेले जितेका स्थान
अध्यक्ष १
महाबु गाउँपालिका दैलेख,जंगवहादुर शाही (यसअघि कांग्रेस जितेको)
उपाध्यक्षः१
स्वामीकार्तिक खापर बाजुरा,सुलोचना बुढा (यसअघि कांग्रेस जितेको)
वडाध्यक्ष ५
सिरीजङ्घा ३ ताप्लेजुङ,कुमारी सावादेन (यसअघि कांग्रेस जितेको)
मोलुङ ५ ओखलढुंगा, गंगाबहादुर तामाङ (यसअघि कांग्रेस जितेको )
रामगोपालपुर २ महोत्तरी, सकिबुल खाँ (यसअघि माओवादी जितेको)
शुद्धोदन १ कपिलवस्तु, मोहमद ताहिर (यसअघि कांग्रेस जितेको)
दुल्लु १३ दैलेख, लालवहादुर शाही
माओवादी केन्द्रले जितेका स्थान
अध्यक्ष १
ग्रामथान मोरङ, नमोनारायण माझी (यसअघि कांग्रेस जितेको)
उपमेयर १
नलगाढ जजारकोट, देवका लामिछाने (यसअघि कांग्रेस जितेको)
वडाध्यक्ष ६
त्रियुगा १२ उदयपुर, नविन राई (यसअघि कांग्रेस जितेको)
धनुषाधाम १,धनुष सुनिल कुमार केवट (यसअघि कांग्रेस जितेको)
ककनी २ नुवाकोट, कृष्ण घिमिरे (यसअघि कांग्रेस जितेको)
गोरखा ५ गोरखा बिष्णुवहादुर मगर (यसअघि एमाले जितेको)
त्रिपुरासुन्दरी ५ डोल्पा नरवहादुर झाक्री (यसअघि एमाले जितेको)
पुथा उत्तरगंगा २ रुकुमपूर्व जगत घर्ती
जसपा नेपालले जितेका वडा
वडाध्यक्ष २
डाक्नेश्वरी १ सप्तरी, धरेन्द्रकुमार साह
डाक्नेश्वरी ४ सप्तरी,देवेन्द्र प्रसाद यादव,जसपा नेपाल
नेकपा एस
वडाध्यक्ष १
गढीमाइ नपा रौतहट,बजरंगी प्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी १
काठमाडौं १६: रोजिना श्रेष्ठ (यसअघि कांग्रेस जितेको)
नेमकिपा १
वडाध्यक्ष
तिलगुफा ४ कालिकोट,खड्गराज शाही (यसअघि माओवादी जितेको
स्वतन्त्रः
कन्काइ ६ झापा, लक्ष्मीप्रसाद ओली,स्वतन्त्र (यसअघि एमालेले जितेको)