बेलका मतगणना विवादः १५ घण्टासम्म जुटेन सहमति – Nepal Press

बेलका मतगणना विवादः १५ घण्टासम्म जुटेन सहमति

काठमाडौं । उदयपुरका बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सोमबार रातीदेखि रोकिएको मतगणना १५ घण्टा बितिसक्दा समेत पुनः सुरु हुन नसकेको हो ।

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएको थियो । उक्त बदर मतको विषयमा विवाद उत्पन्न हुँदा मत गणना रोकिएको हो ।

मतगणना स्थगित भएको १५ घण्टा बितिसकेको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठक निश्कर्षविहीन टुङ्गिएपछि गणना कार्य अनिश्चित बनेको हो । बैठकबाट सहमतिको प्रयास गरिएपनि सहमति जुट्न भने सकेको छैन ।

सहमति नजुटेपछि थप निर्णयका लागि निर्वाचन आयोगलाई पत्र पठाइएको निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । उनले भने, ‘सर्वदलिय बैठकमा सहमति हुन सकेन । निर्वाचन आयोगलाई पत्र पठाएका छौं । आयोगबाट जे आदेश आउँछ सोहि अनुसार अगाडी बढ्छौँ ।’

तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।

यस वडाको वडाध्यक्षका लागि ७ जना प्रतिसपर्धामा छन् । जसमा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुँयाल, जनता समाजबादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उमेदवारी रहेका छन् ।

यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *