नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन
नेपाल प्रेस
२०८१ मंसिर १७ गते १७:०१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेमा नेशनल लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनसबापतको शेयर मूल्य समायोजन गरिएको हो । समायोजनपछि यस कम्पनीको शेयर मूल्य एक हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ ।
त्यस्तै ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रदबापतको शेयर मूल्य समायोजन भएको छ । समायोजनपछि यस कम्पनीको शेयर मूल्य २८९ रुपैयाँ कायम भएको छ ।
यी कम्पनीहरूको मूल्य समायोजनपछिको कारोबार मंगलबारदेखि हुने नेप्सेले जनाएको छ ।
प्रतिक्रिया