निर्वाचनमा सहभागी हुने मतदाता घटेकोप्रति चिन्ता व्यक्त गर्दै रास्वपाले भन्यो- यो चुनावको नयाँ अनुभव रह्यो – Nepal Press

निर्वाचनमा सहभागी हुने मतदाता घटेकोप्रति चिन्ता व्यक्त गर्दै रास्वपाले भन्यो- यो चुनावको नयाँ अनुभव रह्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्रको महत्वपूर्ण अंगका रुपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घटेकोप्रति चिन्ता व्यक्त गरेको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरुमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको महत्वपूर्ण अंगका रुपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा छ । यसले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरुमा वितृष्णा तथा निराशा देखिएको छ । यसतर्फ संवेदनशील भई मतदाताहरुलाई मतदानमा सहभागी हुन प्रेरित गर्नुका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी सचेत रहेको छ ।’

रास्वपाले अहिलेको उपनिर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो अवसर भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो । काठमाडौं महानगरपालिका वडा नं १६ मा अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयले महानगरमा हामीले एक महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएका छौं ।’

लोकतान्त्रिक व्यवस्थालाई अभ्यास गर्ने एक महत्वपूर्ण स्तम्भका रुपमा रहेको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न सकिएमात्र लोकतन्त्रको आत्मा र लोकतन्त्रप्रति नागरिकको विश्वास कायम रहने भएकाले यसतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले काठमाडौं- १६ मा जित निकाले पनि अन्यन्त्र उम्मेदवारी दिएको ठाउँमा जमानत पनि जोगाउन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर