कीर्तिपुरमा कांग्रेस र एमाले उम्मेदवारबीच हजार भोटको दूरी, गन्न बाँकी कति ?
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना उत्तरार्द्धमा पुग्दा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनामा कांग्रेसले एमालेलाई ठीक एक हजार मतले पछि पारेको छ ।
कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ४ हजार १ सय ८ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र श्रेष्ठले ३ हजार १०८ मतका साथ पछ्याएका हुन् । अब कृष्णमानलाई भेट्टाउनका लागि सुरेन्द्रले आफ्नो मतसंख्या ह्वात्तै बढाउनुपर्ने हुन्छ ।
तेस्रो स्थानमा रहेका माओवादी उम्मेदवार शिव शरण महर्जनले २ हजार ७ सय ४० मत ल्याएका छन् । एमाले र माओवादी उम्मेदवारबीच ३६८ मतको फरक छ ।
कीर्तिपुर मेयरको दौडमा ११ जना स्वतन्त्र उम्मेवारहरु छन् । उनीहरुमध्ये दुई उम्मेदवारलाई उल्लेख्य मत आइरहेको छ । केटा र केटी चुनावचिन्ह भएका राजमान महर्जनले १४ सय ७५ मत ल्याउँदा कैंची चुनावचिन्ह भएका दिनेशकुमार अधिकारीले १०३९ मत ल्याएका छन् ।
यस्तै, बाकस चुनावचिन्ह भएका कविकुमार महर्जनलाई ९१४ मत आएको छ । राप्रपाका ध्रुव महर्जनले ७४७ मत ल्याएका छन् ।
यो नगरपालिकाका १० वडामा कूल ३१ हजार ११९ मतदाता रहेकोमा २१ हजार ३१५ मत खसेको थियो । अहिलेसम्म १५ हजार ४१९ मत गणना भइसकेको छ ।
जे भए पनि एमालेको लागि निराशाजनक परिणाम । कारण ओलि र एमालेमाथि लगातार आक्रमण हुँदा पार्टीबाट पर्याप्त प्रतीकार भएन । दुर्गाजस्ताले कम्बोडियामा लगानीजस्ता अत्यन्त हावा कुरा गर्दा त्यो बहसको विषय बन्यो । हुँदाहुँदा ४५ लाख पार्टीको चन्दा हिनामिना गरेर अध्यक्षको घर बनाउन दुरूपयोग गर्नेले समेत यो कुरा प्रमाणित गर्न खोज्यो । पार्टीका नेताले सप्रमाण खण्डन र प्रतिकार गरेनन । लिलाबल्लभले पनि अलिकति धक्का लाग्यो । रविलाई अनुसन्धानको नाममा दुख दिएको जस्तो जनताले ठानेका र त्यो काम एमालेले मात्र गरेको भन्ने भाष्य निर्माण गरियो जबकि काँग्रेसले यो सबै गरिरहेको छ, कुलमानले पैसा उठाउन खोज्दा ओलिले त्यसलाई सही व्यवस्थापन गर्न नसकेको, मीन बहादुरको जग्गा पारदर्शी रूपमा लिन खोजिए पनि अरबौंको सहयोग एकै व्यक्तिबाट लिंदा जनताले के ठान्लान भनेर नसोचिनु जस्ता कारणहरूले चुनावमा नकारात्मक काम गर्योजस्तो छ । सच्चाएर कडारूपमा एमाले अघि आउनुपर्यो ।