रोल्पामा २५ हजार घुससहित जिल्ला ट्राफिक प्रहरी प्रमुख पक्राउ
नेपाल प्रेस
२०८१ मंसिर १७ गते २०:३३
रुपन्देही । रोल्पामा २५ हजार घुससहित जिल्ला ट्राफिक प्रहरी प्रमुख पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी २५ हजार घुससहित सोमबार पक्राउ परेका हुन् ।
सवारी साधनहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर