बीआरआई परियोजनामा हेटौंडा-काठमाडौं पोडवे – Nepal Press

बीआरआई परियोजनामा हेटौंडा-काठमाडौं पोडवे

काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको सूचीमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ ।

सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले सांसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा–काठमाडौं सार्वजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए ।

१९८२ सालमा नै हेटौंडाको चौकिटोलदेखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । यो रोपवे भिमफेदी–कुलेखानी भएर यात्रा गर्दा बाटोबाट तारमा झुण्डिरहेको डिब्बा देख्न सकिन्छ ।

यो जीर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्वजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर वर्तौलाले विषय उठान गर्दै आइरहेका हुन् । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बीआरआई कार्यान्वयनको सूचीमा यो परियोजना समावेश रहेको छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपूर्व यी लगायत धेरै वटा परियोजनाहरु हिजै मन्त्रिपरिषदको बैठक राखेर एजेन्डाको रुपमा पास गरिसकेको छ । बीआरआईमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा–काठमाडौंको जोखिमपूर्ण यात्रा सहज यात्रामा परिणत हुनेछ ।

अहिले हेटौंडाबाट काठमाडौं जाँदा करिब ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा नारायणघाट–मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ । यो पोडवे संचालनमा आउँदा करिब आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडालगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुनेछ ।

 


प्रतिक्रिया

One thought on “बीआरआई परियोजनामा हेटौंडा-काठमाडौं पोडवे

  1. कस्तो हो यो पोडवे भनेको? यो मास ट्रान्जिट हो भने त राम्रो आयोजना बन्ला, नत्र सेतो हात्ती बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *