कीर्तिपुरमा कांग्रेस जितउन्मुख, दाेस्राे स्थानमा उक्लियाे माओवादी – Nepal Press

कीर्तिपुरमा कांग्रेस जितउन्मुख, दाेस्राे स्थानमा उक्लियाे माओवादी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायमै गरेको छ ।

जितउन्मुख कांग्रेसका कृष्ण मान डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेटमा माओवादीका शिव शरण महर्जनले ४ हजार ११९ मतसहित दोस्रो स्थान हासिल गरेका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ९९७ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ८७६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार अन्तिम बक्सा गणना भइरहेकाले केही समयभित्रै अन्तिम मतपरिणाम सार्वजनिक हुनेछ ।

कृष्णमान डंगोल नेपाली काँग्रेस–५०६९
शिवशरण महर्जन नेकपा (माओवादी केन्द्र)–४११९
सुरेन्द्र मानन्धर नेकपा (एमाले)– ३९९७
राजमान महर्जन स्वतन्त्र –१८७६


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *