बेलका-९ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी – Nepal Press

बेलका-९ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी

उदयपुर । उदयपुरका बेलका नगरपालिका वडा नं ९ को वडाध्यक्षमा माओवादीका भरत घिमिरे विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार घिमिरे ५५९ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका मोहन खड्काले ५२५ मत ल्याए भने नेपाली काङ्ग्रेसका नबिन बस्नेतले ४०४ मत पाएका छन् ।

यस वडाको वडाध्यक्षका लागि ७ जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विकले १२३ मत ल्याउँदा राप्रपाका टिकाप्रसाद फुयालले २७ मत पाए । जनता समाजवादी पार्टीका राजकुमार राईले २०७ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङले ५ मत मात्रै पाएका छन् ।

यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।

तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो । जसमा ३५ मत बदर भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर