कहिले राजावादी, कहिले माओवादी !
माओवादी आन्दोलनको छिटा-फिलिङ्गा दहीचोकभन्दा निकै परै थियो, तर हामी सुनिएका र पढिएका माओवादीभन्दा उग्र बनिरहेका थियौं । माओवादी कोही थिएनौं र भएनौं पनि । ६० को दशक अघिकै कुरा हो । गाउँमा एउटा मन्दिर छ । त्यस बेलाको अवस्थामा दलितलाई मन्दिर प्रवेश स्वाभाविकै वर्जित थियो । हामीलाई कसैले गुनासो पनि गरेको थिएन, पूजा गर्न पाइनँ वा प्रवेश पाइनँ भनेर, तर विभिन्न रेडियो कार्यक्रमको स्रोता क्लव बनाएका हामी ती कार्यक्रमहरुले दिएका मार्गदर्शनलाई माओ वा मार्क्सका आदेशसरह मानिरहेका थियौं । हामीलाई तिनै आदेशहरुले दिशानिर्देश गरिरहेका थिए ।
त्यसरी दिशानिर्देशित हुने क्रममा त्यो मन्दिरमा सार्वजनिक सुनुवाइ गर्ने भनी पत्राचार गरियो । गाउँका १०-२० मान्छे पनि मन्दिर प्राङ्गणमा भेला भए । सार्वजनिक सुनुवाइ भन्ने शब्व्दावलीमा नै पनि समाज अभ्यस्त भइसकेको थिएन, हामीले कार्यक्रम गर्यौं । कार्यक्रमको अन्त्यमा ६-७ बुँदे सहमतिपत्रमा मन्दिर सञ्चालकलाई हस्ताक्षर गरायौं । ‘कुनै पनि विभेदविना सबैलाई समान ढंगबाट पूजा गर्न र शिवलिंगमा पानी चढाउन दिने’लगायतका विषय थिए सहमतिपत्रमा । ‘यी फुस्रा केटाहरुको केको फुईंफुईं हो, ूुलै क्रान्ति गर्छु भन्ने लाग्या होला यिनलाई । माओवादीले त नाप्यो, अब यिनीहरुले ख्यास्ने भए’- हाम्रो क्रियालाई प्रतिक्रिया सन्तोषजनक आइरहेका थिएनन्, तर हामी झन् झन् आक्रामक बनिरहेका थियौं ।
आक्रामकताकै परिणामस्वरुप प्रतिगमनविरुद्धको आन्दोलनका चर्चित अगुवाहरु कृष्ण पहाडी, सुवोध प्याकुरेल, केदार खड्कालगायतलाई मंगलबारे स्कुलमा उभ्याएर प्रतिगमनविरुद्धको सभा गरियो । विष्णु पोखरेल क्लबका अध्यक्ष थिए, म सचिव । अध्यक्षको आक्रामकता पछ्याउन मलाई हम्मेहम्मे परिरहेको थियो । दमकमा गर्ने भनिएको कार्यक्रम दमकलाई निषेधित क्षेत्र घोषणा गरेपछि लखनपुरको मंगमलय स्कुलमा सारेर सम्पन्न गर्न विष्णुको हक्की स्वभावले पनि काम गरेको थियो । दमकका चोक र सडकमा सडक सभा र सडक सुनुवाइ निरन्तर भए, गरियो । अनि दोस्रो जनआन्दोलनका दिनहरुमा आन्दोलनकारीहरुकै भीडमा मिसियो ।
तिहारका बेला घरघरमा छापा
बुद्धि पनि के आएको हो । तिहारको बेला छापा मार्न घरघर चहार्नुपर्ने । देउसी खेल्न, नाचगान गर्न छोडेर के टन्टो आइपरेको हो । हुन त दहीचोकमा चिनिने गरी कुनै पनि माओवादी गाउँ पसेको थिएन । फल्नो चैँ माओवादी अरे भनेर पनि सुनिएन, तर हामीलाई त्यस बेलाको माओवादी झैं के उत्ताउलो बन्नुपरेको हो ? ५० को दशक विट मर्नै लाग्दा पनि हामीले माओवादी देखेनौं, तर कताकता माओवादीले तास खेल्नेलाई समातेको, तास र पानी खुवाएको भन्ने उत्पट्याङ हल्लाहरु भने सुनिएकै हो । हुन त हामीलाई कुनै माओवादीले सुनाएको होइन । खासमा माओवादी चिनेको पनि थिएन ।
५० को दशक विट मर्नै लाग्दा पनि हामीले माओवादी देखेनौं, तर कताकता माओवादीले तास खेल्नेलाई समातेको, तास र पानी खुवाएको भन्ने उत्पट्याङ हल्लाहरु भने सुनिएकै हो । हुन त हामीलाई कुनै माओवादीले सुनाएको होइन । खासमा माओवादी चिनेको पनि थिएन ।
देशको माओवादीभन्दा दहीचोकको हिमाली युवा क्लव उग्र थियो । लक्ष्मी पूजाको मस्त रात थियो । घरघरमा रमाइलोको लागि तासहरु खेलिँदै रहेछ । म तासमा भन्दा अर्थोकैमा रमाउने मान्छे । हाम्रो योजना बन्दै थियो, लेकसाइड वा जिरोपोइन्ट जाने । ‘लेकसाइड, जिरोपोइन्ट’ हाम्रा सांकेतिक नामहरु हुन् । केही खास साथीहरुमात्र यी स्थानमा खुबै रमाइयो । धेरैलाई यी स्थानबारे थाहा थिएन पनि । त्यो तिहारको साँझ अचानक तास खेलिरहेका ठाउँमा छापा मार्न जानुपर्ने योजना आयो । म त्यस छापामराइमा सहभागी हुन चाहिनँ । भागें । म ठीक दहीचोकबाट पूर्व जोगीचौन जाने बाटाका मुखैमा रहेको बाँस झ्याङ् छेउको चौतारोमा आएर लुकें ।
मेरो स्वभाव धेरै साथीहरुलाई थाहै थियो, यस्तो मामिलामा म जान्न भन्ने धेरैले अनुमान गरेकै हुन् । फेरि पहिलो छापा हाम्रै बुवा, काकाहरु तास खेलिरहेको ठाउँमा हान्नुपर्ने, क्या आपत् ! म लुक्नैपर्ने थियो, लुकें, तर चौतारै छेउमा आयो साथीहरुको हुल । ‘ए, ए गोफ्ले यहाँ लुकेको रैछ । यो भाग्छ भन्ने अघि थाहा थियो’ भन्दै साथीहरुले ताने । म बाँस झ्याङ्बाट निस्किएँ ।
गर्न नहुने काम गर्न र जान नहुने ठाउँ गइरहेको छु भन्ने लाग्यो । म त्यस घरमा पुगेर पनि आँगनमै लुकें । भित्र हुर्रर्र केटाहरुको हुल पस्यो । म भित्र पसिनँ । कायर भएर मैदान छोडेको भगौडा सिपाही भएको थिएँ म त्यस बेला । खासमा आत्मघाती आक्रमणमा मारिनुभन्दा कायर भएर भगौडा नै कायम हुन्छु भन्ने लाग्यो । ४-५ जना तास खेलिरहेको ठाउँमा ‘यो के गरेको ? तास खेलेर केको तमासा हो ? साथी हो सब तास उठाओ’ कमान्डरको आवाज थियो । आफ्नै भाइ, भतिजाको अनपेक्षित हस्तक्षेप र प्रतिरोधलाई केही बेर त तास खेलाडीहरुले रेलाको रुपमा लिए । ‘हन, के गर्छन् केटाहरु, कहाँ रग-रग गर्दै हिँडेका’ पनि भने तास खेलाडीहरुले, तर रेला होइन, साँच्चिकै छापा हानिएको हो भनेपछि अबदेखि नखेल्ने कायलनामा गराई तासको बन्डल बोकेर क्रान्तिकारी ठिटाहरुको हुल अर्को घरमा छापा मार्न लम्कियो ।
तासको पैसा क्लवलाई ?
म फेरि अर्को घरमा छापा मार्न छापामारहरुसँगै लम्किएँ । जुन घरमा छापामार टोली जाँदै थियो, त्यहाँ हामीलाई पढाएका गुरुहरु, हजुरबुवादेखि काकाहरु, हाम्रा आदर्श अग्रजहरु थिए । त्यो निशाना थाहा पाएपछि म फेरि टाङ्मुनि पुच्छर हालेको कुकुर जस्तो लुरुक्क परेर किनारा लाग्न खोजें, तर अरु साथीहरुले मेरो भगौडा स्वभावमाथि नियन्त्रण कायम गरे ।
तिहारको साँझ अचानक तास खेलिरहेका ठाउँमा छापा मार्न जानुपर्ने योजना आयो । म त्यस छापामराइमा सहभागी हुन चाहिनँ । भागें । म ठीक दहीचोकबाट पूर्व जोगीचौन जाने बाटाका मुखैमा रहेको बाँस झ्याङ् छेउको चौतारोमा आएर लुकें ।
काठको २ तले घर, १०-१२ कोठा । कुन चैँ कोठामा तास खेला चलिरहेको छ, केही बेर मेसो भएन, तर मच्ची-मच्ची आएका तासका व्याकरणयुक्त आवाजले बाटो पहिल्याउन गाह्रो भएन । अनुमान गरिएकै अनुहारहरु थिए, जो तासमा आफ्नो अनुहार देखौंला झैं गरी आँखा गाडेर हातभरि फिँजाएर बोकिरहेका थिए । पहिलो ‘एक्सन’ झैं प्रश्न गरियो, ‘के हो गाउँका ठूला मान्छे भएर यसरी तास खेलेर बस्ने ?’ एक जना हामीभन्दा अघिल्लो पुस्ताका तर गाउँमा बेलाबेला मात्रै आउने गरेकाले हामीलाई झट्टै चिनेनन् । ‘हन् को केटाहरु हुन् यिनीहरु’ हातको तास भुईंमा फुत्त फालेर छेउका अर्का खेलाडीका आँखामा नियाले । ‘हामी क्लवबाट आएका । यस्ता विकृति अब हामी हुन दिँदैनौं । साथी हो, तास उठाओ’ भनेपछि कोठाभित्र सन्नाटा छायो ।
लक्ष्मी पूजामा रमाइरहेका घरका छोरी-महिलाहरु दैलाको ठेला बाहिरैबाट संशयपूर्ण रमिता हेरिरहे । तास खेलिरहेकामध्येका एक जनाले भने, ‘भाइहरुको कुरा ठीक हो, तर हामी सधैंका जुवाडे होइनौं । तिमीहरुलाई थाहै छ । बरु यो जम्मा भएको पैसा तिमीहरुकै क्लवलाई भयो ।’ आफ्ना आदर्श व्यक्तिहरुलाई आफ्नै आँखाअघि निलो-कालो भएको मलाई हेर्न मन परेन । खासमा उनीहरु जुवाडे र पेशेवर तास खेलाडी थिएनन् पनि । रमाउने एउटा माध्यममात्र थियो ।
खासमा हाम्रो उग्रता उनीहरुका सामुन्ने एउटा निरस र टर्रो बनेर पोखिइरहेको थियो । प्रस्तावअनुसारको तास खेलेको पैसा क्लवले लिएन, बरु खेल्दै गरेका तास ल्याएर च्यातेर फालियो । हाम्रो टोली युद्ध मैदानमा दुश्मनलाई पराजित गरेको उन्मादिलो फौज झैं ‘हिप हिप हुर्रे’ को विजयी नारा लगाउँदै फर्कियो । फर्कंदा पनि आलोआलै समीक्षा भइरहेको थियो, यो हदसम्म नगरेको भए पनि हुने कि भनेर ? संस्थामा महत्वपूर्ण जिम्मेवारीमा रहेर पनि म त्यो अभियानको निम्छरो अभियन्ता बनेको थिएँ । कारगीलमा गोडा कमाइरहेको काँतर सिपाही झैं म कायरका आपेक्ष र आक्रोश सुनिरहें, तर मलाई ग्लानी थिएन । कायरमै दर्ज भए पनि केही थिएन ।
भोलिपल्ट छापामारको छापा मराइमा परेका एक जना अग्रजले भने, ‘के माओवादी हुने रहर जागेको तिमेरलाई ? खुबै क्रान्तिकारी काम गरे भन्ठानेको होला होइन ?’ एक प्रकारको झाँको झराइ थियो मेरा लागि । भाइटीकाको दिन थियो, नुहाउनु भन्दै गन्जी फुकालेर म कलतिर टाप कसें ।
४-५ जना तास खेलिरहेको ठाउँमा ‘यो के गरेको ? तास खेलेर केको तमासा हो ? साथी हो सब तास उठाओ’ कमान्डरको आवाज थियो । आफ्नै भाइ, भतिजाको अनपेक्षित हस्तक्षेप र प्रतिरोधलाई केही बेर त तास खेलाडीहरुले रेलाको रुपमा लिए ।
राजावादी पनि भइएछ
नवल बाको पश्चिम खेलमा हलो जोत्दै थिएँ । हजुरबुवा परै सडकबाट चिच्याउनुभयो, ‘ओए गोपाल गोरु खोल, अब जोत्नु हुँदैन ।’ लीलासँग ६० रुपैयाँमा किनेको भित्र रेडियमवाला, राति पनि बल्ने घडी थियो । यसो हेरेको ८ वा ८ः१५ यस्तै भएको थियो । आ… किन खोल्नु गोरु भन्ने लाग्यो । आफूलाई त काम सक्नु पनि थियो । त्यसैले अर्को आँतर घुमाउन थालें । हजुरबुवा पैनी काटेर अलिक नजिक आउनुभयो, ‘राजा मरे हौ, गोरु खोल भनेको सुन्दैनस्, अब जोत्नुहुँदैन ।’
ओ हो, अचम्म नै लाग्यो । राजा मरे रे ! ‘हो र ?’ मात्र भनें । फेरि सोचें, ‘राजा मर्दा किन जोत्न नहुनु ? छिमेकी पनि होइनन्, आफन्त पनि । फेरि अर्को सियो उठाउन खोज्दा अझै वर आइसकेका हजुरबाले थप्नुभयो, ‘सुन्दैनस् भन्या, गोरु खोल न ! राजा मरेपछि जुठो लाग्छ, जोत्नुहुँदैन ।’ म हल गोरु लिएर घर लागें ।
देश शोकाकुल बन्यो । सबै स्तब्ध भए । हाम्रा लागि नौलो घटना थियो । हजुरबुवाहरुले पहिले राजा मर्दा पनि जुठो बारेका कथाहरु सुनाउन थाल्नुभयो । घटनाका पत्रहरु खुल्दै जाँदा थप भयभित बनाउँदै लग्यो । शुरुमा राजामात्र मरेको सुने पनि परिवार नै सखाप बनेको थाहा पाएपछि हाम्रो पनि मानव हृदय उर्लियो । विभिन्न ठाउँमा राजारानीका फोटा राखेर शोक कार्यक्रम गरिएको हामीले पनि सुन्दै गयौं । साथीहरुसँग सल्लाह भयो, हामी पनि घर अगाडिबाटै छेउको पिपलको फेदमा राजारानीको फोटो तथा शोक पुस्तिका राख्ने भनेर ।
सायद घटनाको तेस्रो दिन दमक गएर राजपरिवारको तस्विर भएको फोटो फ्रेम ल्याइयो । विभिन्न पत्रिकामा छापिएका फोटा पनि काटेर कार्टुनमा टाँसियो । अनि त्यही पिपलको फेदमा फोटाहरुसहित शोक पुस्तिका, केशरी र फूलसहितको शोक स्टल तयार पारियो । बटुवाहरु खुई काड्दै राजपरिवारको फोटोमा श्रद्धाञ्जली दिन्थे । एक साताभन्दा बढी त्यो स्टल रह्यो । सयौंले शोक व्यक्त गरे । त्यस बेला किनेको राजपरिवारको तस्विर केही वर्षअघि बसाइ नसरुञ्जेलसम्म पनि सुरक्षित नै थियो । अझै छ कि घरमा बिर्सिएँ ।
राजा मरे रे ! ‘हो र ?’ मात्र भनें । फेरि सोचें, ‘राजा मर्दा किन जोत्न नहुनु ? छिमेकी पनि होइनन्, आफन्त पनि । फेरि अर्को सियो उठाउन खोज्दा अझै वर आइसकेका हजुरबाले थप्नुभयो, ‘सुन्दैनस् भन्या, गोरु खोल न ! राजा मरेपछि जुठो लाग्छ, जोत्नुहुँदैन ।’ म हल गोरु लिएर घर लागें ।
तर हामीले गरेको त्यो काम राजावादी चरित्रको भयो भनेर पनि सुनियो । राजपरिवारसँग विमति राख्नेहरु पनि थिए । त्यस बेला काँचो–कलिलै बुद्धिले त्यो काम गरिए पनि अहिले गणतन्त्रवादी भएर छिप्पिएको मस्तिष्कले सोच्दा पनि त्यो कामप्रति ग्लानी छैन । सिंगो परिवार नै सखाप भएको र एउटा इतिहासकै अन्त्य गर्ने त्यो भयभित घटनाप्रति हामीले प्रकट गरेको समवेदना र व्यक्त गरेको श्रद्धाञ्जलीप्रति कुनै पछुतो छैन । यस्ता नचाहिँदा राजावादी काम पनि गर्ने हो भनेर विमति राख्नेहरुप्रति पनि कुनै विस्मय छैन । त्यो उहाँहरुको विचार हो, ‘ओके’ ।
राजावादी नै हुने कि सच्चिने ?
दरवार हत्याकाण्ड भएको २ वर्षपछि हो क्यार ! एउटा खुला नृत्य प्रतियोगिता आयोजना गरियो । निर्णायकहरु पनि जिल्लामा नाम कमाएका तीन जनालाई मनाइयो । हाम्रो ठाउँमा निर्णायकलाई पनि पारिश्रमिक दिएर बोलाइएको त्यो सायद पहिलो पटक थियो । मुख्य निर्णायक थिए, हाम्रै गाउँका विमल नेपाल दाइ । अरु दुई जनाको अनुहार थाहा छ, नाम चैँ बिर्सें ।
कार्यक्रम भव्य गर्नु थियो, दहीचोकमा खुला चौर उपयुक्त थिएन । त्यसैले गेउरिया बजार उपयुक्त हुने ठहर गरियो । कार्यक्रम त गर्ने, पैसो थिएन । क्लवका सदस्यहरुबाट पनि संकलन गरियो र केही आशालाग्दा व्यक्तिहरुसँग पनि हात फैल्याइयो । कार्यक्रमका लागि सबैभन्दा बढी चन्दा दिने व्यक्ति भने फेरि राजावादी दलका परे, उनले ७०० रुपैयाँ दिएका थिए । साथीहरुबिच सल्लाह भयो, प्रमुख अतिथि कसलाई बनाउने भनेर । धेरैको मत मिल्यो, संकटका बेला सबैभन्दा बढी चन्दा दिनेलाई नै प्रमुख अतिथि बनाउने ।
गेउरियामा भव्य कार्यक्रम भयो । एकल र संयुक्त गरी १८-२० वटा नृत्य प्रस्तुत भए । प्रचारमा निकै जोड दिइएको थियो । त्यसैले अलि टाढैदेखि पनि प्रतियोगीहरु सहभागी भए । कार्यक्रमकै बिचमा अपांगता भएका तीन जनालाई सम्मान पनि गरियो, तर कार्यक्रममा राजावादी व्यक्तिलाई प्रमुख अतिथि बनाएको भनी केही अग्रजहरु सहभागी भएनन्, केही आएर फुत्तै हिँडिहाले ।
कार्यक्रम सकिएको केही दिनपछि हामीलाई केही अग्रजहरु ठाउँ-ठाउँमा सोध्न थाले- ‘राजावादीलाई प्रमुख अतिथि बनायौं, अब तिमीहरु पनि राजावादी हुने बाटोतिर लाग्यौ । राजावादी नै भएर जाने कि सच्चिने ?’ खासमा हामीलाई राजावादी हुनु थिएन, कार्यक्रममा सहयोग गरेका कारण प्रमुख अतिथि बनाएको स्पष्टीकरण दिन हैरान भयो । निकै पछिसम्म पनि हामीलाई राजावादी ठेट्नाको आक्षेप लागिरह्यो ।
ठुलै काम गरिस्, गाडतन्त्रबादी भइटोपलेर ! रोजगारीको लागी त्यही कतार, साउदी, कुवेत, ओमान, मलेसिया, वा लण्डन जालास् , सबै राजतन्त्रात्मक देश जतिमा।