अमेरिकाको ५१ औं राज्य बनेर गाभिन क्यानडाका प्रधानमन्त्रीलाई ट्रम्पको ‘सल्लाह’ – Nepal Press

अमेरिकाको ५१ औं राज्य बनेर गाभिन क्यानडाका प्रधानमन्त्रीलाई ट्रम्पको ‘सल्लाह’

काठमाडौं । अगाडि महिना अमेरिकाको ४७ औ राष्ट्रपति भएर ह्वाइट हाउस छिर्न लागेका डोनाल्ड ट्रम्पले क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह गरेका छन् ।

क्यानडालाई अमेरिकाको ५१ औ राज्य बनाएर क्यानडाली प्रधानमन्त्रीलाई गभर्नर हुन ट्रम्पले आग्रह गरेका छन् । यही शुक्रवार ट्रम्पको मार आ लागो रिसोर्टमा तीन घण्टा छलफल हुँदा ट्रम्पले यस्तो भनेको अमेरिकी मिडिया न्यू योर्क पोस्ट, फक्स न्यूज लगायतले उल्लेख गरेका छन् ।

अमेरिकाले लादेको भन्सार करले क्यानडाको अर्थतन्त्र समस्यामा हुने ट्रुडोको गुनासो आएपछि ट्रम्पले यस्तो भनेको समाचारमा बताइएको छ ।

२५ प्रतिशत कर लाउँदा क्यानडा थलिने तर्क ट्रुडोले गर्दा ट्रपले अमेरिकाको १०० अर्ब डलर व्यापार घाटा क्यानडासँग भएको भनेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर