एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल प्रेस
२०८१ मंसिर १८ गते ११:५३
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा एक लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलवार एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर