चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुगेर प्रधानमन्त्रीले गरे पुष्पहार अर्पण
नेपाल प्रेस
२०८१ मंसिर १८ गते १२:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली प्रकट गरेका हुन् ।
प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।
बेइजिङमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आज भेटवार्ता गर्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर