प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
नेपाल प्रेस
२०८१ मंसिर १८ गते १४:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै आठ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने तालिका छ ।
प्रतिक्रिया
One thought on “प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता”
Leave a Reply
सम्बन्धित खवर
भ्रमण व्यर्थ देखियो । महत्वपूर्ण र नेपालको लागि रणनीतिक महत्वका परियोजना अगाडि बढाउने सम्भावना हुँदा ऋण र अनुदानमा लगेर विषय गिजोलेर भारतको चाहना बमोजिम काम गर्न आरजू र काँग्रेस सफल भए । तर घाटा चाहि प्रचण्डलाई भयो किनकी उनी ओलि चीनबाट फर्केपछि काँग्रेससँग खटपट हुन्छ र खाउँला भनेर मुख आँ गरेर बसेका थिए । उनलाई केही नमिल्ने भो । विआरआई नभए नेपालको विकास हुदैन के । त्यसले चीनलाई केही नाप्दैन । भारतको गुलामी गरेर उसको दास भएर खान बानी परेकालाई पनि केही भएन । तर स्वाभिमानी नेपाली जो दुवैतर्फ कनेक्टिभिटि बढाउने र त्यस मार्फत कुनैको पनि थिचोमिचो र हेपाईबाट टाढा रहनसक्थे , तिनीहरू निराश भए । नाकाबन्दी लगाउने भारतले अझ हेप्ने भयो । जस्तै चीनतर्फ प्रसारण लाईन नबनाउदा भारतले फलानाले बनाएको लिन्छु अर्कोले बनाएको लिन्न अझै भन्छ अब । अब त यो आयोजना हेर्न चिनियाँ आएका थिए रे । त्यसैले यसको विजुली किन्दिन भन्छ । बन दास, फटाहाहरू हो । सतिले सरापेको देश । यहाँ केही हुदैन । भारतबाट लिएको ऋणले लामोसाँघु चरिकोट सडक विस्तार गरिएको हो । त्यसमा शर्त थियो कि ६०% भन्दा बढी सामान भारतबाट किन्नुपर्ने र ठेकेदार भारतीय नै हुनुपर्ने ।तैपनि हामीले ऋण लियौ । त्यो सडक बनाउन भारतीय ठेकेदारले पेटी ठेकेदार भनेर नेपालीलाई नै काममा लगायो तर समयमा पैसा नै नदिएर सडक अलपत्र पर्यो । यस्तो शर्त भएको ऋण सम्बन्धमा चाहिँ कोही बोल्दैन । गाउँ गाउँमा टुक्रे योजना बाँडदै छुट्टै सरकारजस्तो गरेर भारतीय राजदुत हिडदा कोहि बोल्दैन । त्यसैले भारतीय टट्टुहरूसँग के कुरा गर्नु ?