तथ्यमा आधारित पैरवीलाई मार्गदर्शन गर्न शक्ति समूहको रणनीतिक पत्र सार्वजनिक – Nepal Press

तथ्यमा आधारित पैरवीलाई मार्गदर्शन गर्न शक्ति समूहको रणनीतिक पत्र सार्वजनिक

काठमाडौं । शक्ति समूहले नेपालको स्थानीय, प्रदेश र संघीय स्तर गरेर तीनै तहका साथै अन्तर्राष्ट्रिय मञ्चमा मानव बेचबिखन र ओसारपसार विरुद्ध तथ्यमा आधारित पैरवीका प्रयासलाई मार्गदर्शन गर्न रणनीतिक पत्र सार्वजनिक गरेको छ ।

विशेषगरी महिला र बालबालिकाजस्ता बेचबिखनको सिकार भएका व्यक्तिको कथा समेटेर तयार पारिएको रणनीतिक पत्र शक्ति समूहले सोमबार सरोकारवालाका बीचमा सार्वजनिक गरेको हो ।

यसले जोखिममा परेका व्यक्तिको संरक्षणका लागि पैरवी गर्न तथा बेखबिखनलाई निरन्तरता दिने प्रणालीगत समस्याको समाधान गर्न तयार गरिएको रणनीतिक पत्र सार्वजनिक गर्दै शक्ति समूहका संस्थापक अध्यक्ष चरिमाया तामाङले बताइन् ।

मानव बेखबिखन पीडित तथा प्रभावित मध्ये एक अर्कालालाई भावनात्मक सहयोग, समस्याको समाधान र भौतिक सहयोग प्रदान गरी पारस्परिक सहयोग प्रदान गर्न सक्ने रणनीतिक पत्रमा उल्लेख छ ।

यस्तै प्रभावित समुदायभित्र एकता र सहकार्यको भावना निर्माण गर्नु सशक्तिकरण र उपचारको लागि महत्वपूर्ण हुने सक्ने जनाइएको छ । रणनीतिक पत्रमा नागरिक समाज संगठन, स्थानीय सरकारबीचको सहकार्य अनिवार्य हुने र यसले गर्दा परामर्श सेवामा पहुँच, न्यायका माध्यम र कानूनी प्रक्रियामा प्रभावितलाई सहयोग प्रदान गर्न सकिने उल्लेख छ ।

शक्ति समूहले इलाम र झापा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका प्रभावितको नेतृत्वमा ३ दिनको आवासीय कार्यशालाबाट रणनीतिक पत्र तयार गरेको हो ।

कार्यशालामा शक्ति समूहले काम गर्दै आएका समूहका सदस्यलाई प्राथमिकतामा राखिएको थियो । जसले बेचबिखनको जोखिम धेरै सामना गरेका छन् । सबै सहभागीले बेखबिखनको प्रत्यक्ष अनुभव नखुलाए पनि केहिले त्यसको सामना गरेका हुनसक्ने जनाइएको छ ।

कार्यशालाका क्रममा सहभागिले आफ्नो वैदेशिक रोजगारको अनुभव, गन्तव्य देशमा यात्रा, सहनु परेका शोषण र घर फर्किएपछि पुर्नमिलनका चुनौतीका व्यक्तिगत कथाको आदानप्रदान गरिएको छ । ति कथाबाट विभिन्न तहमा बेचबिखन र शोषण समाधान गर्नका लागि प्रमुख पैरबी मुद्दा र रणनीतिक पहिचान गरिएको हो ।

रणनीतिक पत्रको कार्यान्वयन स्थानीय, प्रदेश संघीय र अन्तराष्ट्रियस्तरमा मानव बेचबिखनको पैरवी प्रभावकारी, समावेशी र दिगो बनाउन अन्त्यन्त महत्वपूर्ण रहेको शक्ति समूहले जनाएको छ ।

यस्तै बचेका व्यक्तिको उदाहरण आदानप्रदान गर्ने, परामर्श दिन सहयोग गर्ने, सेवा प्रदान गर्ने र निगरानी तथा मूल्यांकनमा सहभागि हुने सक्रिय संलग्नता यस रणनीतिको सफलता सुनिश्चित गर्ने प्रमुख आधार रहेको जनाइएको छ ।

स्रोत परिचालन पनि पैरवी रणनीतिको महत्वपूर्ण हिस्सा रहेको र जहाँ कोष संकलन, स्वयंसेवा र प्रत्यक्ष सहयोगले मानव बेचबिखनविरुद्ध पैरवी गर्न र सबै तहका सहयोगी र जानकार समुदाय निर्माण गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा शक्ति समूहले लिएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *