पत्रकार महासंघको सदस्यता सार्वजनिक गरिएसँगै जिल्ला-जिल्लामा तालाबन्दी – Nepal Press

पत्रकार महासंघको सदस्यता सार्वजनिक गरिएसँगै जिल्ला-जिल्लामा तालाबन्दी

काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता सार्वजनिक गरिएसँगै विभिन्न जिल्लामा तालाबन्दी शुरु भएको छ ।

सार्वजनिक भएको सदस्यता विवरणमा असन्तुष्टि जनाउँदै तालाबन्दीको क्रम शुरु भएको जसपा सम्बद्ध नेपाल प्रेस मञ्चका महासचिव अवदेश झाले बताए ।

धनुषामा समाजवादी प्रेस संगठनले पहिल्यै तालाबन्दी गरेको थियो । मंगलबार सदस्यता सार्वजनिक गरेपछि पर्सामा प्रेस चौतारीको नेतृत्वमा तालाबन्दी भएको छ ।

प्रेस मञ्चका महासचिव झाका अनुसार बुधबार सप्तरी, सिराहा र सर्लाहीमा तालाबन्दी हुँदैछ । मंगलबार नै मकवानपुर र बागमती प्रदेशको कार्यालयमा प्रेस चौतारीले तालाबन्दी गरेको छ ।

कपिलवस्तुमा चौतारी र युनियनबाट महासंघमा प्रतिनिधित्व गर्ने शाखा उपाध्यक्षले नै तालाबन्दी गरेका छन् । कालीकोटमा समाजवादी प्रेस संगठनले तालाबन्दी गर्ने भएको छ ।

तालाबन्दी गर्ने केन्द्रीय निर्देशन नभए पनि जिल्लामा समस्या भएको अवस्थामा जिल्ला शाखाहरु आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको समाजवादी प्रेस संगठनका उपमहासचिव लेखनाथ सिकारुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *