नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा – Nepal Press

नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।

प्रधानमन्त्री कपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गरेका हुन् ।

चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आज भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सीले अनुकुल समय मिलाएर आउने जानकारी दिएको प्रवक्ता ढकालले बताए ।


प्रतिक्रिया

2 thoughts on “नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

  1. फोकटमा माग्न सफल भएकोमा बधाइ छ , नेपाली जन्तालाइ !!

  2. भ्रमण पूरै असफल भयो । भाउजूले मोदीबाट राम्रै बधाई पाईसकेको हुनुपर्छ । देश दैनिक विना ऋण चलिरहेको छैन । अन्य देश र दातृ निकायबाट अझै ऋण लिने नै हो । तर चीनसँग चाहिँ ऋण कि अनुदान भनेर बिआरआई तुहाएरै छोडे । चीनसँग ऋण मै भए पनि बन्ने आयोजना रणनीतिक महत्वका छन् । यस्ता आयोजनाको घाटा नाफा विश्लेषण मौद्रिक हिसावले मात्र गरिदैन । स्वाभिमानको पनि मूल्य हुन्छ यस्तोमा । भारतले तेरो यो विजुली किन्छु त्यो विजुली हुन्न भनेको सहेरै बसौं । कलकत्ता र विशाखापटनम् बाट सामान ल्याउदा जतिसुकै हेपिएका भए पनि दात ङिच्च देखाएर सहेर बसौं । बोर्डरमा भारतीय पुलिसले एउटा ट्रकको यति पैसा नभई छोडदिन भने पनि पैसा दिएरै ट्रक छुटाउँ । यस्ता त कति हो कति अपमान सहिएको छ । दास हुन बानी परेका काँग्रेसीहरू दास नै बनेर बस । ऋणको व्याजदर घटाउन कौशलता नदेखाएर अनुदान बाहेक हुन्न भनेको मोदीको दास बनेको हो । भारतले खुवाएको घुस खाएको हो । इमान बेचिएकाहरूको काम हो यो । चीनले नेपालका लागि खरबौंका आयोजना सित्तैमा बनाईदिन चोरेर ल्याएको धन छ र उसको ? नेपालसँग व्यापार नभए उसलाई के छ र ? हात्तिको मुखमा जिरा हो । फाईदा लिनुपर्ने हामीले, पूर्वाधार बनाउने नेपालपट्टी, विजुली बेच्नु छ नेपालको अनि पैसा चाहिँ सित्तैमा मात्र लेउ भन्दा चोरेर ल्याएको हो उसको पैसा ? लाज नभएका भिखमङ्गाहरू । एमालेको अधोगति शूरू भैसक्यो अब । उप चुनावले पनि परिणाम देखायो । न चीनसँग राम्रो भयो । भारतले त नोकर बन्दिन भन्नेलाई खेदिहाल्छ । नेपालमा खटाएको छ दुर्गे, प्रभू, स्वागत, ज्ञानेन्द्र ,रावलजस्तालाई ओलिलाई ठिक पार्न भनेर। प्रचण्डजस्तो लम्पसारवादीलाई च्याप्छ उसले । सरकारमा बसेर पनि काँग्रेसले केही गर्न दिएको छैन ।निराशाजनक देश भयो । ओलिले केही गर्लान कि भन्ने आशा निराशामा परिणत भयो । अरू त दासहरू, दलालहरू जहाँ जे पनि गरिदिन्छन् । देश बचेकै पहिला राजाहरूका कारण र अहिले ओलि र एमालेका कारण हो । तर अब एमालेसँगै देश कमजोर हुँदै गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *