प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आज के के भयो ? यस्तो छ परराष्ट्र प्रवक्ताको ब्रिफिङ – Nepal Press

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आज के के भयो ? यस्तो छ परराष्ट्र प्रवक्ताको ब्रिफिङ

काठमाडौं । चीनको औपचारिक भ्रमणको क्रममा आज दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली धेरै व्यस्त भए । उनले आज एकै दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि छियाङ र चिनियाँ जनकंग्रेसका अध्यक्षसँग भेटे ।

आजको कार्यक्रमबारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ता कृृष्णप्रसाद ढकालले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले चिनियाँ प्रधानमन्त्री लि छियाङलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा दुई देशको सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री लि र राष्ट्रपति सी दुवैले उचित समयमा भ्रमण गर्ने बताएका छन् । यस्तै सीले नेपाललाई ५० करोड युआन अनुदान दिने घोषणा गरेका छन् । उनले नेपाली वस्तु चीनमा निर्यात बढाउन सहज गर्ने पनि बताएका छन् ।

चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा जान पनि प्रेरित गर्ने राष्ट्रपति सीले प्रधानमन्त्रीसँग बताएको प्रवक्ता ढकालले बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्ध पञ्चशील, सार्वभौम समानता, आपसी विश्वास आदिमा भएको भन्दै चीनले गरिबी निवारणको सफलता पाएकोमा प्रशंसा गरेका थिए । नेपालको विकासमा पनि चीनसँग साथ खोजेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आजै नेपाल र चीनबिच नौ बुँदे सहमति भएको ढकालले जानकारी दिएका छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री ओलीको चीन भ्रमणमा आज के के भयो ? यस्तो छ परराष्ट्र प्रवक्ताको ब्रिफिङ

  1. २२०केभि प्रसारण लाईन बनाउने विषय छुट्यो । नेपालको विजुली चीनलाई बेच्नु छ ।अनि प्रसारण लाईन चाहि चीनले अनुदानमा बनाईदिनुपर्ने ? माग पनि कस्तो वाहियात भारतीय टट्टुहरूको ।

  2. भ्रमण पूरै असफल भयो । भाउजूले मोदीबाट राम्रै बधाई पाईसकेको हुनुपर्छ । देश दैनिक विना ऋण चलिरहेको छैन । अन्य देश र दातृ निकायबाट अझै ऋण लिने नै हो । तर चीनसँग चाहिँ ऋण कि अनुदान भनेर बिआरआई तुहाएरै छोडे । चीनसँग ऋण मै भए पनि बन्ने आयोजना रणनीतिक महत्वका छन् । यस्ता आयोजनाको घाटा नाफा विश्लेषण मौद्रिक हिसावले मात्र गरिदैन । स्वाभिमानको पनि मूल्य हुन्छ यस्तोमा । भारतले तेरो यो विजुली किन्छु त्यो विजुली हुन्न भनेको सहेरै बसौं । कलकत्ता र विशाखापटनम् बाट सामान ल्याउदा जतिसुकै हेपिएका भए पनि दात ङिच्च देखाएर सहेर बसौं । बोर्डरमा भारतीय पुलिसले एउटा ट्रकको यति पैसा नभई छोडदिन भने पनि पैसा दिएरै ट्रक छुटाउँ । यस्ता त कति हो कति अपमान सहिएको छ । दास हुन बानी परेका काँग्रेसीहरू दास नै बनेर बस । ऋणको व्याजदर घटाउन कौशलता नदेखाएर अनुदान बाहेक हुन्न भनेको मोदीको दास बनेको हो । भारतले खुवाएको घुस खाएको हो । इमान बेचिएकाहरूको काम हो यो । चीनले नेपालका लागि खरबौंका आयोजना सित्तैमा बनाईदिन चोरेर ल्याएको धन छ र उसको ? नेपालसँग व्यापार नभए उसलाई के छ र ? हात्तिको मुखमा जिरा हो । फाईदा लिनुपर्ने हामीले, पूर्वाधार बनाउने नेपालपट्टी, विजुली बेच्नु छ नेपालको अनि पैसा चाहिँ सित्तैमा मात्र लेउ भन्दा चोरेर ल्याएको हो उसको पैसा ? लाज नभएका भिखमङ्गाहरू । एमालेको अधोगति शूरू भैसक्यो अब । उप चुनावले पनि परिणाम देखायो । न चीनसँग राम्रो भयो । भारतले त नोकर बन्दिन भन्नेलाई खेदिहाल्छ । नेपालमा खटाएको छ दुर्गे, प्रभू, स्वागत, ज्ञानेन्द्र ,रावलजस्तालाई ओलिलाई ठिक पार्न भनेर। प्रचण्डजस्तो लम्पसारवादीलाई च्याप्छ उसले । सरकारमा बसेर पनि काँग्रेसले केही गर्न दिएको छैन ।निराशाजनक देश भयो । ओलिले केही गर्लान कि भन्ने आशा निराशामा परिणत भयो । अरू त दासहरू, दलालहरू जहाँ जे पनि गरिदिन्छन् । देश बचेकै पहिला राजाहरूका कारण र अहिले ओलि र एमालेका कारण हो । तर अब एमालेसँगै देश कमजोर हुँदै गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *