सिभिल मलमा एससिटी-युपीआई कार्डधारकका लागि निःशुल्क पार्किङ सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौँको सुन्धारास्थित सिभिल मलबीच एससिटी–युपीआई कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।
यस सेवा अन्तर्गत एससिटी युपीआई कार्डधाराकहरूले आफ्नो कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । मंसिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ ।
एससिटी–युपीआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।