सांसद सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न जनमतलाई सभामुखको चुनौती – Nepal Press

सांसद सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न जनमतलाई सभामुखको चुनौती

काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट निर्वाचित सांसद सांसद गोमा लाभ (सापकोटा) आफ्नो नातेदार भएको पुष्टि जनमतलाई चुनौती दिएका छन् ।

जनमतका प्रवक्ताले सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई कारबाही नगरेको भन्दै लगाएको आरोपको सभामुखको सचिवालयले खण्डन गरेको हो ।

जनमतले विज्ञप्ति जारी गर्दै सभामुख घिमिरे र सांसद सापकोटा नातेदार पर्ने भन्दै आरोप लगाएको थियो । सभामुख घिमिरेसँग सापकोटाको नाता पर्छ भन्ने आरोपको पुष्टि गर्न सभामुख घिमिरेले चुनौती दिएको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सभामुख घिमिरेले नेपालको संविधान, प्रतिनिधि सभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २९७३ को प्रावधानबमोजिम नै निर्णय गरेको उल्लेख गर्दै जनमतको आरोपबारे गम्भीर ध्यानाकर्षण भएको सभामुखका प्रेस सल्लाहकार शेखर कोइरालाद्वारा विज्ञप्तिमा जनाइएको छ ।

जनमतले जारी गरेको विज्ञप्तिमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण रहेको सचिवालयले बताएको छ ।

‘जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु’, सभामुखको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

One thought on “सांसद सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न जनमतलाई सभामुखको चुनौती

  1. भारतको काम हो यो । जनमत त उसको प्रतिनिधि मात्र हो । एमाले कमजोर बनाउने निरन्तरको प्रयासको अर्को एक कडि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर