केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडानका विषय अटे नेपाल-चीन संयुक्त वक्तव्यमा – Nepal Press

केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडानका विषय अटे नेपाल-चीन संयुक्त वक्तव्यमा

काठमाडौं । चीनले पोखरा र लुम्बिनीमा सीधा हवाई उडान भर्न तयार भएको जनाउ दिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्री लि छिआङ र राष्ट्रपति सि चिनफिङसँग भेट गरेपछि सार्वजनिक भएको संयुक्त वक्तव्यअनुसार चिनियाँ शहरहरुसँग पोखरा र लुम्बिनी सीधा हवाई उडानको कुरा ५ औं बुँदामा अटाएको छ ।

बजारको मागको आधारमा दुईतर्फी हवाई उडानको काम गर्ने बताइएको छ । सोही बुँदामा केरुङ–काठमाडौं रेलको सम्भावना अध्ययनलाई तीव्रता दिने तथा नेपाल र चीनको ९ औं नेपाल चीन रेल वे सहकार्यको बैठक हुने उल्लेख गरिएको छ ।

चिनियाँ पक्षले नेपालका जनशक्तिलाई रेलबारेमा दक्ष बनाउन सहयोग गर्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको बक्तव्यमा उल्लेख छ ।

 

 


प्रतिक्रिया

3 thoughts on “केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडानका विषय अटे नेपाल-चीन संयुक्त वक्तव्यमा

  1. भ्रमण पूरै असफल भयो । भाउजूले मोदीबाट राम्रै बधाई पाईसकेको हुनुपर्छ । देश दैनिक विना ऋण चलिरहेको छैन । अन्य देश र दातृ निकायबाट अझै ऋण लिने नै हो । तर चीनसँग चाहिँ ऋण कि अनुदान भनेर बिआरआई तुहाएरै छोडे । चीनसँग ऋण मै भए पनि बन्ने आयोजना रणनीतिक महत्वका छन् । यस्ता आयोजनाको घाटा नाफा विश्लेषण मौद्रिक हिसावले मात्र गरिदैन । स्वाभिमानको पनि मूल्य हुन्छ यस्तोमा । भारतले तेरो यो विजुली किन्छु त्यो विजुली हुन्न भनेको सहेरै बसौं । कलकत्ता र विशाखापटनम् बाट सामान ल्याउदा जतिसुकै हेपिएका भए पनि दात ङिच्च देखाएर सहेर बसौं । बोर्डरमा भारतीय पुलिसले एउटा ट्रकको यति पैसा नभई छोडदिन भने पनि पैसा दिएरै ट्रक छुटाउँ । यस्ता त कति हो कति अपमान सहिएको छ । दास हुन बानी परेका काँग्रेसीहरू दास नै बनेर बस । ऋणको व्याजदर घटाउन कौशलता नदेखाएर अनुदान बाहेक हुन्न भनेको मोदीको दास बनेको हो । भारतले खुवाएको घुस खाएको हो । इमान बेचिएकाहरूको काम हो यो । चीनले नेपालका लागि खरबौंका आयोजना सित्तैमा बनाईदिन चोरेर ल्याएको धन छ र उसको ? नेपालसँग व्यापार नभए उसलाई के छ र ? हात्तिको मुखमा जिरा हो । फाईदा लिनुपर्ने हामीले, पूर्वाधार बनाउने नेपालपट्टी, विजुली बेच्नु छ नेपालको अनि पैसा चाहिँ सित्तैमा मात्र लेउ भन्दा चोरेर ल्याएको हो उसको पैसा ? लाज नभएका भिखमङ्गाहरू । एमालेको अधोगति शूरू भैसक्यो अब । उप चुनावले पनि परिणाम देखायो । न चीनसँग राम्रो भयो । भारतले त नोकर बन्दिन भन्नेलाई खेदिहाल्छ । नेपालमा खटाएको छ दुर्गे, प्रभू, स्वागत, ज्ञानेन्द्र ,रावलजस्तालाई ओलिलाई ठिक पार्न भनेर। प्रचण्डजस्तो लम्पसारवादीलाई च्याप्छ उसले । सरकारमा बसेर पनि काँग्रेसले केही गर्न दिएको छैन ।निराशाजनक देश भयो । ओलिले केही गर्लान कि भन्ने आशा निराशामा परिणत भयो । अरू त दासहरू, दलालहरू जहाँ जे पनि गरिदिन्छन् । देश बचेकै पहिला राजाहरूका कारण र अहिले ओलि र एमालेका कारण हो । तर अब एमालेसँगै देश कमजोर हुँदै गयो ।

    1. नेपाल अर्ध औपनिवेशिक राष्ट्र हो । यसले आफ्नो देशको हितमा कुनै पनि काम गर्न सक्दैन भन्ने कुरा पुनः पुष्टि भयो। नेपाल ले भारतको इच्छा बिपरीत कसैको साथ सहयोग लिनु भनेको भारत बिरोधी हुनु हो जस्तै गरी नेपाली काँग्रेस ले भारतको चाकरीमा अनुदान भए बि आर आइ सम्झौता अनुरुप सहयोग लिने नत्र नलिने भनेर जुन अड्को थाप्यो तेस्ले नेपाल र नेपालीलाई खुलेआम हामी भारतीय इच्छा अनुसार चल्ने शक्ति हौ । हाम्रो सरकार मा साथ र सहयोगको अपेक्षा राख्दछौँ भने हामीले जे जे भन्छौं तेही गर नत्र हामी सरकार ढाल्छौ भन्यो ओलीले लड्न सकेनन्। सत्ता को लागि लम्पसार परी चिनसँग आफ्नो देशको हितमा सम्झौताको दस्तावेजमा सहमति जुटाउने काम गर्न सकेनन्। यो मौका गुमाउनु देश र जनताका लागि दुर्भाग्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *