उपचुनावकाे परिणामबारे एमाले- जनप्रतिनिधिको कार्यशैलीमा सुधारको आवश्यकता
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपचुनावको परिणामको विश्लेषण गर्दै जनप्रतिनिधिहरूको कार्यशैलीमा सुधारको आवश्यकता रहेको बताएका छन् ।
उपचुनावको परिणाममा पार्टीका लागि सुधार उन्मुख भए पनि विशेष गरी शहरी क्षेत्रका मतदातामा अझै ठूलो परिवर्तन नदेखिएको बताएका छन् ।
उपचुनावमा ४४ सिटका लागि भएको प्रतिस्पर्धामा नेपाली कांग्रेस, माओवादी केन्द्र, र एमालेका बीचमा मुख्य प्रतिस्पर्धा देखिएकाे थियो । ‘नेपाली कांग्रेसले २७ सिटमा विजय प्राप्त गर्दा ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ। माओवादीले १ अध्यक्ष र १ उपाध्यक्षसहित १ वडाध्यक्ष थपेको छ भने, एमालेले ५ वडाध्यक्ष, १ अध्यक्ष र २ उपाध्यक्ष जित्न सफल भएको छ’, उनले भने ।
पार्टीको परिणाम सन्दर्भमा पोखरेलले भने, ‘नेपाली कांग्रेस र माओवादीको तुलनामा एमालेको परिणाम सुधार भएको देखिन्छ । तर, काठमाडौंजस्ता शहरी क्षेत्रमा उम्मेदवारको पक्षमा उल्लेख्य सुधार देखिन सकेको छैन । यसका कारण राजनीतिक दलहरूको कार्यशैली र जनसम्पर्कका ढाँचामा सुधारको आवश्यकता स्पष्ट देखिन्छ ।’
महासचिव पोखरेलले यस उपचुनावले जनप्रतिनिधिहरूको कार्यशैलीमा सुधारका लागि सन्देश दिएको पनि बताए । ‘सम्भवतः यसले स्थानिय जनता जनप्रतिनिधिको कार्यप्रति असन्तुष्टिका कारण, आगामी दिनमा उनीहरूको कार्यशैलीमा व्यापक सुधारका लागि दबाब सिर्जना गरेको छ’, उनले थपे ।
यस उपचुनावको परिणामले राजनीतिक दलहरूलाई जनप्रतिनिधिको कार्यशैलीमा सुधार गर्नका लागि सचेत गराएको पोखरेलको तर्क छ ।
एमालेका जनप्रतिनिधिको सुधार गर्नुपर्ने अनि काँग्रेस र माओवादीकाले चाहिँ भयङ्कर राम्रो गरिरहेकाले जितेका ? वाहियात कुरा । जनप्रतिनिधि त अहिले पनि काँग्रेस र माओवादीका भन्दा एमाले कै राम्रा छन् । भोट नआएको राष्ट्रिय कारणले हो । लोकल कारणले होईन मिस्टर । यस्तै बकम्फुस्से विश्लेषण, गर बस ।