दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानूनको विपक्षमा सदनमा बहुमत – Nepal Press

दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानूनको विपक्षमा सदनमा बहुमत

काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपतिले लागू गरेको सैनिक कानून अन्त्यकाे पक्षमा सदनमा बहुमत जुटेकाे छ । बेलायती समाचार एजेन्सी रोयटर्सको समाचार अनुसार ३०० सांसद उपस्थित भएकोमा १९० ले सैनिक कानून अन्त्यको पक्षमा मत दर्ज गरेका थिए ।

राज्यको कार्यकारीको एक निर्णय र व्यवस्थापिकाको अर्को निर्णय भएपछि दक्षिण कोरियामा राजनीतिक र कानूनी सकस सुरु भएको छ । राष्ट्रपति योन सुल यि ओलले मंगलबार राति गरेको घोषणापछि सदनमा सेना गएर झ्याल फोडेको तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर