पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन- मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन प्रसिद्ध पेकिङ विश्वविद्यालयमा आफ्नो सम्बोधन सकेका छन् ।
विश्वविद्यालयका सभापति कोङ छियुआङले स्वागत मन्तव्य र प्राध्यापक तथा चीनका पूर्व सहायक शिक्षामन्त्री हाओ पिङले सहजीकरण गरेको कार्यक्रममा प्रश्नोत्तर सेसन नि भएको थियो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले, ‘विस्तृत लोकतन्त्र- समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा बोलेका थिए ।
सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।
तस्बिर : एनेकारेबिका राजभण्डारी (बेइजिङ)