चितवनमा प्रहरी र रविका समर्थकबीच मुठभेड (भिडिओ)
नेपाल प्रेस
२०८१ मंसिर १९ गते १२:१७
काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच मुठभेड भएको छ । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् भने प्रहरीले पनि लाठीचार्ज गरेको छ ।
चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका छन् ।
अहिले सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ । जिप्रका र सरकारी वकिलको कार्यालय ५० मिटरको दुरीमा रहेको छ । प्रहरी कार्यालय अगाडि दुई पक्षबीच टकराव भएको हो ।
प्रतिक्रिया
One thought on “चितवनमा प्रहरी र रविका समर्थकबीच मुठभेड (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
अराजक अन्धभक्त बनाउन सफल भएका रविको भविश्य कस्तो हुन्छ ? केही सञचारकर्मी समेत रविभक्ती भजन गाएको देखिन्छ । देशमा सबै राजनीतिक पार्टी भ्रष्ट देख्ने तर छानविन प्रकृयामा नै अवरोध सिर्जना गरेर लोक प्रिय रहेको देखाउन लगानी गर्ने निर्लज्जताको पनि तल्लो छोर हो । तर केही व्यक्तिहरूको स्वार्थमा गोटी बनेका र बनाइएकाहरूको जमात देख्दा भने उदेक लाग्छ ।