नेपाल एसबीआई बैंकको लाभांश घोषणा – Nepal Press

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *