नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर – Nepal Press

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो।


प्रतिक्रिया

5 thoughts on “नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

  1. Good news खुशी लाग्यो । अब कार्यान्वयन तिर लागौं । जय ओलि बा ।

  2. नेपाललाई वास्तविक रूपमा स्वतन्त्र बनाउने ओलि र एमालेले मात्र हो । अरू सबै कतै न कतैका दास छन्, एजेण्ट छन् । यी परियोजनाहरू अनुदान वा सफ्ट लोनमा बनाउन आजैदेखि लागौं । यी परियोजना सम्पन्न भएमा देश माथि भारतले गरिरहेको दादागिरी कम हुन्छ । चीन पनि आफ्नै फाईदाको लागि लाग्छ । तैपनि दुवैतर्फ access भएमा कसैको पनि गुलाम हुनु पर्दैन । कार्यान्वयन मूल समस्या हो । यसलाई अब द्रुत गतिमा अघि बढाओैं । यहि सम्झौतालाई देखाएर काँग्रेसले निहु खोज्न सक्छ ।खोजेदेखि जनताबीच नङ्ग्याउँ । माओवादी त सिधै दिल्लीको एजेण्ट नै हो ।त्यसका के कुरा गर्नु । दिल्ली पनि अब ओलि सरकार हटाउन लाग्छ । तर नेपाली जनताले साथ दिएमा ओलिले नेपालीलाई वास्तविक स्वतन्त्र बनाउनेछन् ।

  3. राम्रो खबर। देशमा जुन सरकार आए पनि चिन संगका सम्झौताहरु भटाभट कार्यन्वयन हुनुपर्यो । अब कति गरीबीमा बस्ने देश ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर