माता जानकीलाई चढाइयो १०८ मिटर लामो चुनरी – Nepal Press

माता जानकीलाई चढाइयो १०८ मिटर लामो चुनरी

जनकपुरधाम ‌। सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १०८ मिटर लामो ध्वज (चुनरी) चढाइएको छ ।

जनकपुरधाममा शोभा यात्रा पश्चात् चुनरी माता जानकीलाई चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए ।

उनले भने, ‘जीन माता ट्रस्टले अहिलेसम्म ४७५ मन्दिरमा यति धेरै लामो ध्वज चढाएको छ । जानकी मन्दिरमा पनि चढाउने मन भएपछि ध्वज पठाएको थियो । आज चढायौँ । यो हामी जनकपुरवासीका लागि सौभाग्य हो ।’

चुनरी चढाउन निकालिएको शोभायात्रामा नेकपा एमालेकी सांसद जुली महतो पनि सहभागी थिइन् । उनले १०८ मिटरको चुनरी माता जानकीलाई चढाएकोमा खुशी व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर