माओवादीका नेताहरुलाई झुट्टा आरोप लगाउने प्रयास हुनसक्छ : जनार्दन शर्मा (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई विधि, पद्धति संगत ढंगले अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विधिसंगत ढंगले पार्टीलाई अगाडि नबढाए अहिलेसम्मको उपलब्धि रक्षा गर्न नसक्ने बताए ।
उनले भने, ‘आज परिस्थिति बदलिएको छ, युद्धको अर्को रुप सुशासन र समृद्धि हो । संगठनको रुप आम जनता हो । आज हामीले पार्टीलाई नयाँ ढंगले पुर्नगठन गर्न जरुरी छ । हामीले पार्टीलाई विधि, पद्धति संगत ढंगले अगाडि बढाउन सकेनौं भने इतिहासका महान अभियानको रक्षा गर्न सक्दैनौं ।’
उनले पार्टीलाई हुने हमलालाई परास्त गरेर एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
उनले थपे, ’धेरै खालका हमला र आक्रमणहरु छन्, ती सबैलाई हिजो युद्ध मोर्चामा परास्त गर्र्दै अगाडि बढेको कारणले आज पनि झूटा आरोप, माओवादीका नेतालाई, मलाई पनि लगाउने प्रयास हुनसक्छ। ती सबैलाई परास्त गर्दै हिम्मत आज पनि छ ।’
तिमीले मन्त्री हुँदा कहाँ कहाँ कति कमायौ अब छानबिन हुन्छ । भ्रष्टाचारीलाई ओलिले छोढदैनन् ।