बीआरआई फ्रेमवर्कभित्र १० परियोजना : झापाको कम्प्लेक्सदेखि डडेलधुराको सिटी हलसम्म
काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्इक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।
लामो समयदेखि चर्चा र बहसमा रहे तापनि बीआरआई सम्झौतामा ठोस प्रगति हुन सकेको थिएन । नेपालमा परियोजनाको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको थियो । दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ ।
बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको स्रोतले जानकारी दियो । फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन् ।
यस्तै, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स बीआरआईमा समेटिएका छन् ।
किन झापामा र डडेलधुरामा केही पनि बन्नै हुँदैन ? दलालहरूले अब बिआरआईलाई विरोध गर्न यिनै दुईवटा आयोजना देखाउने भए । अरू आयोजनाहरू चाहिँ कुन कुन जिल्लाका रहेछन अलिकति विवेक र इमान बाँकी छ भने खोजेर हेर न ।